कोरोनाको कारण पूर्व प्रधानसेनापति राणाको निधन

काठमाडौं । पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको ९१ वर्षको उमेरमा निधन भएको छ ।

कोभिड-१९ संक्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

राणा २०४० साल जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति थिए । उनका चार छोरी छन् । उनको पार्थिव शरीरलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । रासस

प्रतिक्रिया