संसद् तानातानको थलो बन्यो : प्रधानमन्त्री [भिडिओ]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् तानातानको थलो बनेको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित मेलम्चीको पानीको औपचारिक वितरण शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

संसद्मा जनताका समस्याका विषयमा कुराकानी हुनुपर्ने बताएका प्रधानमन्त्री ओलीले भनेका छन्– ‘पुनःस्थापित संसद्को हालत उही छ । केही बलिया हौँ भन्ने दलका तानातानका थलो बनेको छ ससद् । संसद्मा त्यस्ता विषयका बारेमा होइन, देशलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने विषयमा छलफल हुनुपर्छ ।’

यस्तै प्रधानमन्त्री ओलीले सरकारलाई अहिले पनि काम गर्न नदिइएको बताए । ‘सरकारलाई अहिले पनि काम गर्न दिइएको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकार काम गर्नका लागि स्वतन्त्र हुनुपर्छ ।’

प्रतिक्रिया