मेलम्ची पानी वितरणको औपचारिक उद्घाटन राष्ट्रपतिबाट

काठमाडौं । काठमाडौं उपत्यकामा पानी वितरण सुरु भएको एक सातापछि औपचारिक उद्घाटन हुँदैछ । राष्ट्रपति भण्डारीले भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उदघाटन गर्न लागेकी हुन् ।

त्यहाँ बनाइएको धाराको टुटी खोलेर दिउँसो २ बजे राष्ट्रपतिले मेलम्ची पानीको औपचारिक उद्घाटन गर्ने जनाइएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने छन् । मेलम्चीको पानी काठमाडौं उपत्यकामा यही चैत १५ गतेबाट परीक्षणका रुपमा वितरण गर्न थालिएको थियो ।

काठमाडौंको महाङ्काल, मीनभवन, खुमलटार, बालाजु लगायतका ठाउँमा मेलम्चीको पानी वितरण भइसकेको छ। आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका क्षेत्रमा पनि मेलम्चीको पानी वितरण गरिएको छ ।

प्रतिक्रिया