प्रचण्ड-नेपाललाई आत्मसमीक्षा गर्न पोखरेलको आग्रह

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई आत्मसमीक्षा आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् ।

पार्टी एकताका लागि धेरै साथीले अनुनय विनय गरेको उनले बताए । ‘नेकपा रहेकै अवस्थामा विग्रहकारी प्रवृत्ति र गतिविधि बेरोकटोक बढिरहेका बेला पार्टी एकतालाई बचाउन थुप्रै साथीहरूले गर्नुभएको अनुनय विनयलाई सम्झदै अब त आत्मसमीक्षा गर्नथाल्नुस्- माधव नेपाल र प्रचण्ड कमरेडहरू !’, पोखरेलले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया