मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

एमाले–माओवादी ब्युँताउने फैसलामाथि पुनरावलोकन नहुने

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा)लाई पूर्ववत् अवस्थामै फर्काइदिने फैसलामाथि पुनरावलोकन नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा दिएको पुनरावलोकनसम्बन्धी मुद्दामा अनुमति नहुने आदेश दिइएको हो ।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले मकालु खबरलाई दिएको जानकारीअनुसार सर्वोच्चले पुनरावलोकन नगर्ने बताएको हो । ‘नहुने कुरा भएको छ,’ प्रवक्ता ढकालले भनेका छन्, ‘यसबारे विस्तृत पछि थाहा हुन्छ ।’

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा नाम ऋषि कट्टेललाई दिँदै साविकको नेकपालाई पूर्ववत् अवस्थामा पुर्याइदिएको थियो । त्यसपछि माओवादी केन्द्रले उक्त फैसलामाथि पुनरावलोकनका लागि निवेदन दिएको थियो । जसमाथि बिहीबार सुनुवाइ हुँदै पुनरावलोकन नहुने भएको हो ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com