गाउँपालिका अध्यक्ष रावलको निधन

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । रावलको उपचारका क्रममा काठमाडौको अन्नपूर्ण न्युरो अस्पतालमा बिहान निधन भएको हो ।

उनी चार दिनअघि मोहन्याल–६ सोल्टास्थित आफ्नै घरमा एक्कासी बेहोस भएका थिए । ७७ वर्षीय रावललाई तत्कालै कोहलपुर शिक्षण अस्पताल लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

लामो समयदेखि रक्तचापको समस्याले पीडित अध्यक्ष रावललाई मस्तिष्कघात उपचारमा संलग्न चिकित्सकहरुले बताएका थिए । रावलको शव आजै कैलाली लग्ने तयारी छ । नेकपा एमालेको केन्द्री‍य सल्‍लाहकार समिति सदस्‍य समेत रहेका रावल स्थानीय तहको चुनावमा एमालेकै तर्फबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया