भारतले जित्यो तीन वटै फम्र्याटको सिरिज

काठमाडौं । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्ध एकदिवसीय क्रिकेट सिरिजको शृंखला पनि जितेको छ । अन्तिम खेलमा इंग्ल्यान्डलाई सात रनले पराजित गर्दै भारतले सिरिज २-१ ले जितेको हो ।

योसँगै भारतले इंग्ल्यान्डविरुद्ध तीन वटै क्रिकेट फम्र्याटको सिरिज जितेको छ । यसअघि टेष्ट क्रिकेट र टि-२० क्रिकेट सिरिजको शृंखला जितेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा ३२९ रन बनाएको थियो । भारतका लागि रिषभ पन्तले ७८, शिखर धवनले ६७, हार्दिक पाण्ड्याले ६४, रोहित शर्माले ३४ र सार्दुल ठाकुरले ३० रनको योगदान दिए । बलिङतर्फ मार्क वोडले तीन र आदिल राशिदले दुई विकेट लिए ।

३३० रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा ३२२ रन बनाउन सक्यो । इंग्ल्यान्डका लागि साम कुरानले अविजित ९५ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । त्यस्तै, डेविड मलानले ५०, लियाम लिभिङ्सटनले ३६ र बेन स्टोक्सले ३५ रन बनाए । बलिङतर्फ भारतका शार्दुल ठाकुरले चार र भुवनेश्वर कुमारले तीन विकेट लिए ।

यसअघि भारतले पाँच खेलको टि-२० क्रिकेट सिरिज ३-२ ले जितेको थियो । त्यस्तै, चार खेलको टेष्ट क्रिकेट सिरिज पनि भारतले ३-१ ले जितेको थियो ।

प्रतिक्रिया