संरक्षित वन्यजन्तुको छालासहित ८ जना पक्राउ

काठमाडौं । दैलेखबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको जस्तो देखिने ३ थान छाला र चितुवाको जस्तो देखिने १ थान छालासहित ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नारायण नगरपालिका-३ खुर्सानीबारी पिपल चौतारास्थित सडकबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको जस्तो देखिने ३ थान छाला र चितुवाको जस्तो देखिने १ थान छालासहित ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नौमुले गाउँपालिका ३ नाउले बस्ने धनबहादुर सुनार, सोही गाउँपालिका=१ लेली बस्ने कविराम अधिकारी, सोही गाउँपालिका-४ बस्ने रोशन बस्नेत, सोही गाउँपालिका-२ बस्ने धनबहादुर पुरी, सोही गाउँपालिका-३ बस्ने दलबहादुर खत्री, सोही गाउँपालिका-२ बस्ने हस्तबहादुर थापा, भगवतिमाइ गाउँपालिका-१ बस्ने गोविन्द्र थापा र सोही गाउँपालिका-२ बस्ने धन बहादुर रावत रहेको प्रहरीले जनाएको छ ।

वन्यजन्तु ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले सोही नगरपालिका-३ खुर्सानीबारी पिपल चौतारा नजिक रहेको क.०२००१ ज.००३६ नम्बरको बलेरो जिप जाँच गर्दा उक्त छाला फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बरामद भएको छाला सहित आवश्यक कारवाहीको लागि बन डिभिजन कार्यालय दैलेखमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया