दिवंगत जोशीलाई शीर्ष नेताको श्रद्धाञ्जली

काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई शीर्ष नेताहरुले श्रद्धाञ्जली दिएका छन् ।

शुक्रबार नर्भिक अस्पतालमा दिवंगत भएका नेता जोशीलाई शीर्ष नेताहरुले कांग्रेस केन्द्रीय कार्यालय, सानेपा पुगेर श्रद्धाञ्जली दिएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्ग, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले जोशीलाई श्रद्धाञ्जली दिएका छन् ।

जोशीको आजै अन्त्येष्टि गरिँदैछ ।

प्रतिक्रिया