प्रचण्ड नर्भिकमा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नर्भिक अस्पताल पुगेका छन् ।
प्रचण्ड आफ्ना पार्टीका एक केन्द्रीय स्तरका नेताकी बिरामी आमालाई भेट्न थापाथलस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका हुन ।

दमको समस्याबाट प्रताडित माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी निकट नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र श्रेष्ठकी ८५ वर्षीया आमा रुक्मिणी श्रेष्ठको नर्भिकमा ५ दिनदेखि उपचार भइरहेको छ । उनैलाई भेट्न प्रचण्ड नर्भिक पुगेका हुन ।

नर्भिक पुगेका प्रचण्डले बिरामी आमा, नेता श्रेष्ठ र आफन्तलाई भटेका थिए । उनले अस्पतालमा १५ मिनेट समय बिताएको माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

कडा सुरक्षा घेराबीच अस्पताल पुगेका प्रचण्डले बिरामी र आफन्तलाई पार्टीको काममा बढी व्यस्त हुन परिरहेको उल्लेख गर्दै आइरहन नभ्याउने भन्दै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

श्रेष्ठको उपचार नर्भिक अस्पतालका चिकित्सक डा. रमेशकुमार चोखानी नेतृत्वको टिमले गरिरहेको छ ।

प्रतिक्रिया