पार्टीभित्र गुटका कुरा मान्दिनँ : ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका कुनै पनि शर्त मान्य नहुने बताएका छन् ।

बालुवाटारमा बसेको संसदीय दलको बैठकमा ओलीले अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने बताएको एक सांसदले जानकारी दिए । यसअघिको बैठकमा नआएर अब आएकोमा खनाल-नेपाल पक्षका सांसदलाई स्वागत गर्दै ओलीले गुट वा समूहगत रुपमा कसैका माग पूरा नहुने बताए ।

बैठकमा सहभागी वरिष्ठ नेता झलनाथ खनालसहितका नेताले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने भन्दै ओली पक्षले एकलौटी ढंगले थप गरेको केन्द्रीय सदस्य मान्य नुहने बताएका थिए ।

जवाफमा अध्यक्ष ओलीले एमाले २०७५ जेठ २ गतेकै अवस्थामा फर्किएको दाबी गर्दै माओवादीबाट आएका केही नेतालाई व्यवस्थापन मात्र गरिएको जिकीर गरे ।

ओलीले नेपालपक्षका चारजना नेतालाई केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोधेको र माधव नेपाल र भीम रावलको स्पष्टीकरण अत्यन्त नकारात्मक कोणबाट आएको भन्दै कारवाही हुन सक्ने संकेत गरेको ती सांसदले बताए ।

प्रतिक्रिया