इटालीको जित, स्पेन रोकियो

काठमाडौं । इटालीले विश्वकपअन्तर्गत युरोपियन छनोटमा जित निकालेको छ । बिहीबार राति भएको खेलमा इटालीले उत्तरी आयरल्यान्डलाई २-० गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम इटालीले पहिलो हाफमा नै दुबै गोल गरेको थियो । इटालीका लागि डोमेनिको बेरार्डी र सिरो इम्मोबिलले गोल गरे । खेलको १४ औं मिनेटमा नै डोमेनिको बेरार्डीले गोल गर्दै इटालीलाई अग्रता दिलाए । ३८ औं मिनेटमा इम्मोबिलले गोल गर्दै इटालीलाई २-० गोलको जित दिलाए ।

त्यस्तै, बिहीबार राति नै भएको खेलमा स्पेन भने ग्रिससँग १-१ गोलको बराबरीमा रोकिएको छ । पहिलो हाफमा नै बनाएको अग्रतालाई जोगाउन नसक्दा स्पेन बराबरीमा रोकिएको हो । खेलको ३३ औं मिनेटमा अल्भारो मोरटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । तर ५६ औं मिनेटमा ग्रिसले पेनाल्टीबाट गोल गर्दै १-१ गोलको बराबरी खेलेको हो ।

प्रतिक्रिया