पत्रकार महासंघको निर्वाचनः मतदाता नामावली प्रकाशन [सूचीसहित]
२०७७ चैत १० गते
![पत्रकार महासंघको निर्वाचनः मतदाता नामावली प्रकाशन [सूचीसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2021/03/FNJ-Nepal-patrakar-mahasangh-777x431-1.jpg)
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ ।
पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरेको हो । प्रकाशित मतदाता नामावलीमा दाबी विरोध गर्ने समयावधि चैत १० गते साँझ ५ बजेसम्मका लागि तोकेको छ ।
निर्वाचन चैत २५ गते हुँदैछ । महासङ्घको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ ।
पूरा नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् :- मतदाता नामावली
२०७७ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित








