माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक कोटेश्वरको पेरिसडाँडामा मंगलबार बिहान ८ बजेका लागि बोलाइएको कमिटी सदस्य मातृका यादवले जानकारी दिए ।

यादवले मकालु खबरलाई दिएको जानकारीअनुसार बैठकमा पछिल्लो राजनीति अवस्थाबारे ब्रिफिङ्ग गर्ने कार्यसूची छ । ‘बैठक नियमितजस्तै हो,’ यादवले भने, ‘समसामयिक विषयमा छलफल हुने हो । खासै नयाँ विषयहरु छैनन् ।’ यस्तैगरी बैठक पार्टी सांगठनिक र वर्तमान राजनीतिक परिस्थितिबारे केन्द्रित हुने यादवले बताए ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनका विषयमासमेत छलफल हुने बुझिएको छ । पछिल्लो समय माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै आलोचना हुन थालेको छ । यसबिचमा बोलाइएको बैठकले समर्थन फिर्ताबारे पनि छलफल गर्ने बुझिएको छ ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका पार्टीले समर्थन फिर्ता नलिँदा झनै अन्योलता छाएको बताउँदै आएका छन् ।

प्रतिक्रिया