बाबुराम भन्छन्- ‘अब नयाँ रणनीति चाहियो’

काठमाडौँ । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः भष्मासुरसँग तुलना गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमार्फत तुलना गरेका हुन् ।

मिथकहरूबाट प्रेरणा लिने तर हुबहु दोहोर्याउन नहुने उनको तर्क छ । ओलीलाई भष्मासुरको उपमा दिँदै उनी उही धार्मिक कथाको भष्मासुर जस्तै भएको बताए । अहिलेको भष्मासुरलाई धार्मिक कालमा जस्तै अन्त्य गर्न सम्भव नभएकाले नयाँ तरिका खोज्नुपर्ने डा. भट्टराईको टिप्पणी छ ।

धार्मिक कथामा भष्मासुरलाई वरदान दिनेले वरदान फिर्ता लिनुको सट्टा अर्कैले छल गरेर बध गरेको भन्दै उनले अहिले ओली सरकारका लागि त्यही दोहोर्याउन खोज्दा उनी झन् शक्तिशाली हुँदै भएको बताए ।

प्रतिक्रिया