चन्द्र डाँगी र रामप्रसाद प्रधान शहीद घोषणा

काठमाडौं । तत्कालीन पञ्चायती शासन व्यवस्थाविरुद्धको आन्दोलनमा सहभागी भएका कारण सरकार पक्षबाट हत्या भएका झापाका चन्द्र डाँगी र रामप्रसाद प्रधान शहीद घोषणा भएका छन् ।

डाँगी र प्रधानलाई गत चैत्र ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले नियमित पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका छन् ।

बैठकले कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् शुल्क शतप्रतिशत मिनाहालगायतका अन्य निर्णयहरु पनि गरेको छ ।

प्रतिक्रिया