एमाले संसदीय दलको बैठकमा बामदेव गौतम पनि
२०७७ चैत ७ गते

|बैठकमा सहभागी बामदेव गौतम। तस्बिरः प्रधानमन्त्री सचिवालय|
काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा एमाले संसदीय दलको बैठक शुरु भएको छ । बैठकमा बामदेव गौतमसमेत सहभागी भएका छन् ।
यसअघि गौतम तटस्थ रहँदै आएका थिए । एमाले एकता महाअभियानका नेतृत्व गौतम बैठकमा सहभागी भएका हुन् । संसद विघटन भएयता गौतम तत्कालीन नेकपा र हालको ‘डबल’ एमालेको कुनै भेलामा सहभागी थिएनन् ।
गौतम पत्नी तुलसा भने यसअघि बसेकै संसदीय दलको बैठकमा सहभागी भइसकेका छनन् । आजको बैठक विपक्षी एमालेले भने बहिष्कार गरेको छ ।
२०७७ चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित








