सुजल र एरिकलाई सर्वाधिक मुल्य

काठमाडौं । नेपालकाे राष्ट्रिय फुटबल  टिमका सदस्य सुजल श्रेष्ठ र एरिक बिष्ट नेपाल सुपर लिगमा सर्वाधिक मुल्यमा अनुबन्ध भएका छन्।

काठमाडाैंमा भएकाे बाेलकबाेलमा सुजल २ लाख मुल्यमा पोखरा थन्डर्समा अनुबन्धित भएका हुन् । पोखराले उनलाई गोलाप्रथाबाट आफ्नो टिममा आबद्ध गराएको हो । पोखरासहित बिराटनगर सिटी एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले आफ्नो टिममा राख्न उनलाई सर्वाधिक मुल्यमा बोली लगाएका थिए ।
यसैगरि एरिक २ लाखमा ललितपुर सिटी एफसीमा अनुबन्धित भएका छन् । उनलाई ललितपुर र पोखराले सर्वाधिक मुल्यको बोली लगाएका थिए ।

प्रतिक्रिया