प्रतिनिधिसभा बैठक: आज नेताहरु बोल्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आज दलीय प्रतिनिधित्व हुनेगरी नेताहरुलाई मन्तव्य राख्न दिने तय भएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ ।

विगतमा प्रतिनिधिसभाको नयाँ अधिवेशन शुरु भएकै दिन दलका नेताहरुले मन्तव्य राख्ने चलन थियो । तर, प्रतिनिधिसभाको सातौं अधिवेशन बैठक सुरु भएको दुई सातासम्म नेताहरुले मन्तव्य राख्न पाएका छैनन् ।

आजको बैठकमा दलीय प्रतिनिधित्वका आधारमा बोल्ने समय दिइने सचिवालयले जनाएको हो । संसद सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

यस्तै बैठकले संविधानसभा सदस्य र पूर्वराष्ट्रियसभा सदस्य अशोक कोइरालाको निधनप्रति दुख ब्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया