युरोपा लिगको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं । युरोपा लिग फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगका खेलहरु सकिएसँगै क्वाटरफाइनलमा पुग्ने आठ टिमको टुंगो लागेको हो ।

टोटेनहम डाइनामो जाग्रेबसँग समग्रमा ३-२ गोलअन्तरले पराजित हुँदै प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । बिहीबार राति दोस्रो खेलमा घरेलु टिम डाइनामोसँग ३-० ले पराजित हुँदै टोटेनहम बाहिरिएको हो। यसअघि पहिलो लेगमा भने टोटेनहमले २-० ले जितेको थियो ।

यता, आर्सनल दोस्रो लेमा १-० गोलले हारेपनि समग्रमा ३-२ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा आर्सनलले ओलम्पियाकोसलाई ३-१ ले हराएको थियो । म्यानेचेस्टर युनाइटेड पनि युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इटालियन क्लब एसी मिलानलाई समग्रमा २-१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । पहिलो लेग १-१ गोलको बराबरीमा सकाएको युनाइटेडले दोस्रो लेगमा १-० ले हराएको हो ।

आयाक्सले योङ ब्वाइजलाई समग्रमा ५-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । भिल्लारियलले डाइनामो किभलाई, रोमाले शाख्तर डोनेस्कलाई, ग्रानाडाले मोल्डेलाई र स्लाभिया प्रागले रेन्जर्सलाई पराजित गर्दै युरोपा लिगको क्वाटरफाइनलमा स्थान बनाए ।

प्रतिक्रिया