यस्ताे छ भाेलीकाे संसद बैठककाे सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद् सचिवालयले भोलि (शुक्रबार) को प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन तथा लोकसेवा आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

यस्तै २०५८ सालको राष्ट्रिय सभा सदस्य, २०६३ सालको पुनस्र्थापित प्रतिनिधि सभा सदस्य तथा २०७० सालको संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो ।

प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया