‘ओलीजस्ता प्रतिगमनकारी शक्तिविरुद्ध उभिन्छौँ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्न नसकिने बताएका छन् ।

बिहीबार बिहान ११ः३०का लागि आह्वान गरिएको कार्यकारिणी बैठक अकस्मात् स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । ‘हामी स्पष्ट छौं,’ यादवले भने, ‘यसमा कुनै शंका छैन । ओलीजस्ता प्रतिगमनकारी शक्तिका विरुद्ध उभिन्छौँ । उनीसँग लगनगाँठो बाँध्न सकिँदैन ।’

यस्तै यादवले ओलीसँगको सहकार्यको लागि कुनै प्रस्ताव नआएको बताएका छन् । ‘त्यो प्रस्ताव कसैले ल्याएको छैन,’ अध्यक्ष यादवले भनेका छन्, ‘पार्टी कमिटी बाहिर कसले के बोल्यो कसले कसलाई कान फुक्यो भन्ने आधारमा पार्टीले नीति निर्धारण हुँदैन ।’

प्रतिक्रिया