डा. रेणुका सोलुको नेतृत्वमा बन्यो अन्तर्राष्ट्रिय नेपाली समाज महिला समिति

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज अन्तर्गत ‘अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति’ गठन भएको छ । समितिको अध्यक्षमा डा.रेणुका सोलु (नेपाल) चयन भएकी छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा उर्मिला निर्दोषी (अमेरिका), उपाध्यक्षहरुमा नजवुल खान ‘निलम’(नेपाल), मञ्जु पन्त (क्यानडा) र नमिता दवाडी (न्युजिल्याण्ड ), महासचिवमा शुभद्रा भण्डारी (अष्ट्रिया), सचिवमा लिली अधिकारी (नेपाल), कोषाध्यक्षमा शुभलक्ष्मी कोइराला (नेपाल) सदस्यहरुमा सीता अधिकारी (नेपाल), इन्दिरा चाम्लिङ (बेल्जियम) , अन्जिता सुनार (नेपाल), याङ्जी शेर्पा (नेपाल), सुमित्रा राई (चीन ), सुजता घलान (युएई) र गीता निरौला (जापान) चयन भउका छन् ।

नवगठित समितिकी अध्यक्ष सोलुले जिम्मेवारी बहन गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिँदै अन्य पदाधिकारीहरुलाई बधाई र शुभकामना दिएकी छन् ।

प्रतिक्रिया