अन्नपूर्ण पोस्ट्का २८ पत्रकारद्वारा सामूहिक राजीनामा

काठमाडौं । अन्नपूर्ण पोस्ट् दैनिकका २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका छन् ।

पत्रिका बन्द गर्न लागिएकाे भन्दै ब्यवस्थापन र सम्पादकले राजीनामा दिन दबाब दिएपछि दबाब स्वरुप  सामुहिक अवकाशमा जाने निर्णय गरि पत्र बुझाएकाे उनीहरुले राजीनामा पत्रमार्फत् उल्लेख गरेका छन् । यस्तै उनीहरूले बन्दाबन्दी भएयतादेखिको बाँकी पारिश्रमिकको मागसमेत गरेका छन् ।

राजीनामा दिनेहरुमा विनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारी, तिलक सापकोटा, प्रमोदकुमार गिरी, कृष्णप्रसाद मरासिनी, गोविन्द रेग्मी, खगेन्द्र भण्डारी, उमा विष्ट, सुनिता कार्की, सूर्यप्रसाद पाण्डे, अनन्त वाग्ले, दिनेश गौतम, अजवी पौडेल, लिलाराज अधिकारी, टिका बन्धन, कृष्णराज चौधरी, रामकृष्ण रानामगर, देवेन्द्र महत, सागर खड्का, सञ्जीव दाहाल, कपिल रोकाया, माधव छिनाल, उपेन्द्र अर्याल, विष्णु थापा, विनय बञ्जारा र दीपकराज घिमिरे छन् ।

उनीहरु एकदेखि २० बर्षसम्म अन्नपूर्ण पोस्ट्मा कार्यरत हुन् । यसअघि ६ जना पत्रकारले सामूहिक रुपमा अन्नपूर्ण पोस्ट् छाेडेका थिए । व्यवस्थापनले काेभिडकालमा दुर्गम ठाउँमा सरुवा गरेपछि पत्रकार महासंघकाे पहलमा समस्याकाे समाधान गरिएकाे थियाे ।

प्रतिक्रिया