कर्णाली प्रदेश सरकारप्रति एमालेको समर्थन कायमै छ : योगेश भट्टराई

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनाल पक्षीय एमाले नेता योगेश भट्टराईले कर्णाली प्रदेश सरकारप्रति एमालेको समर्थन कायमै रहेको बताएका छन् । बुधबारबाट शुरु भएको राष्ट्रिय भेलाबारे ब्रिफिङ्ग गर्न आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले यस्तो बताएका हुन् ।

‘कर्णाली प्रदेशमा नेकपा एमाले र माओवादी सम्मिलित सरकार छ,’ नेता भट्टराईले भनेका छन्, ‘नेकपा माओवादीका नेता त्यहाँका मुख्यमन्त्री हुनुहुन्छ । नेकपा एमालेका साथीहरू पनि त्यो सरकारमा सामेल हुनुहुन्छ । त्यो सरकार प्रतिको समर्थन अहिलेसम्म कायम छ ।’

बुधबार सुर्खेतमा केपी शर्मा ओली पक्षीय एमाले संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता महेन्द्र बहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

प्रतिक्रिया