वीङ्गर दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ घाइते

काठमाडौँ । कञ्चनपुरमा वीङ्गर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका-५ गुलरियामा महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर दुर्घटना भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा डडेल्धुराको अमरगढी नगरपालिका-५ बस्ने ७७ वर्षीया मन्दिरादेवी पन्तको मृत्यु भएको छ । गम्भीर घाइते भएकी पन्तको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

घाइते ६ जनाको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ । वीङ्गरको पछाडीको बाँयातर्फको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया