रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इटालियन क्लब एटलान्टालाई पराजित गर्दै रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मंगलबार राति आफ्नै मैदानमा च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा भएकोखेलमा एटलान्टालाई रियलले ३-१ गोलअन्तरले पराजित गर्न सफल भयो। योसँगै रियलले समग्रमा एटलान्टालाई ४-१ ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो। पहिलो लेगमा रियलसँग एटलान्टा १-० गोलले हारेको थियो ।

खेलको ३४ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १-० गोलको अग्रता दिलाए। खेलको ६० औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीबाट गोल गर्दै रियललाई २-० गोलको अग्रता दिलाए । तर खेलको ८३ औं मिनेटमा लुइस फेर्नान्डोले गोल गरेपछि एटलान्टाले २-१ को स्थिति बनाएको थियो । त्यसको एक मिनेटपछि नै मार्को एसेन्सियोले गोल गर्दै रियललाई ३-१ गोलको जित दिलाए ।

रियल मड्रिड अन्तिम आठमा प्रवेश गर्दा एटलान्टा भने अन्तिम १६ बाटै बाहिरिएको छ ।

प्रतिक्रिया