बालुवाटारको चियापानमा खनाल-नेपाल पक्ष नजाने

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा चियापान कार्यक्रम आयोजना गर्दैछन् ।

बिहान ११ बजेदेखि सुरु हुने चियापान कार्यक्रममा पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिएको छ । तर, ओलीले आयोजना गरेको चियापानमा झलनाथ खनाल-माधवकुमार नेपाल पक्ष भने नजाने भएको छ ।

पार्टी विवाद कायम रहेको अवस्थामा बालुवाटार जानुको औचित्य नभएको नेता योगेश भट्टराईले बताए । अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको भन्दै खनाल-नेपाल पक्ष रुष्ट छ ।

नेता भट्टराईका अनुसार यो पक्षले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ । चैत ४ र ५ गतेका लागि बोलाइएको राष्ट्रिय भेलाका सन्दर्भमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

प्रतिक्रिया