कम्युनिष्टविरुद्ध लड्नुपर्ने बेला आयो : देउवा (भिडिओसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् । कांग्रेसको केन्द्रीय महिला विभागद्वारा शनिबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

कम्युनिष्टहरुले सर्वसत्तावाद लाद्न खोजेको बताउँदै देउवाले भनेका छन् । ‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण हो । झुटा नारा दिएर, जनतालाई बहकाएर बहकाएर आफू सत्तामा बसिरहने बानी कम्युनिष्टमा हाबी भयो । ओओली सरकार पनि उस्तै भयो । हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउन आवश्यक छ ।’

कांग्रेसले लोभ र हतार गर्न नहुने बताउँदै देउवाले परिस्थिति आइपर्यो भने सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट नभाग्ने दोहोर्याए । देउवाले भनेका छन्, ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने, लोभ गर्ने काम पनि छैन । र परिस्थिति पर्यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’

यस्तै देउवाले नेपालमा लोकतन्त्रका लागि लड्ने पार्टी कांग्रेस मात्रै भएको दाबी पनि गरे ।

प्रतिक्रिया