फागुन २९ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन २९ गते । शनिबार । ईश्वी सन् २०२१ मार्च १३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि– औशी,२२ घडी ३८ पला, दिउसो ०३ बजेर २१ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाभाद्रपदा,४४ घडी १९ पला,रातको १२ बजेर ०१ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–साध्य,०४ घडी ०२ पला,बिहान ०७ बजेर ५५ मिनेट उप्रान्त शुभ । करण–नाग,दिउसो ०३ बजेर २१ मिनेट उप्रान्त किंस्तुध्न,रातको ०३ बजेर ४८ मिनेट उप्रान्त बव । आनन्दादिमा–काल योग । चन्द्रराशि–कुम्भ,बेलुकी ०५ बजेर ४० मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १० मिनेट । दिनमान २९ घडी ४१ पला । दर्शश्राद्ध, हलो तथा निशी बार्ने,पञ्चक ।

आजको बार बेला ।
बिहान ०६ बजेर १८ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर १९ मिनेटदेखी बिहान ७ बजेर ४७ मिनेटसम्म शुभ बेला ।
बिहान ७ बजेर ४८ मिनेटदेखी बिहान ९ बजेर १६ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर १७ मिनेटदेखी बिहान १० बजेर ४५ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ४६ मिनेटदेखी मध्यान्ह १२ बजेर १४ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर १५ मिनेटदेखी दिउसो १ बजेर ४३ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर ४४ मिनेटदेखी दिउसो ३ बजेर १२ मिनेटसम्म अमृत बेला ।
दिउसो ३ बजेर १३ मिनेटदेखी बेलुकी ४ बजेर ४१ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ४२ मिनेटदेखी बेलुकी ७ बजेर ४१ मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०९ बजेर १६ मिनेटदेखी बिहान १० बजेर ४५ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ भने कलकारखाना र बन्दव्यापारबाट फाईदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक तथा सांस्कृतिक सभा समारोहमा सरिक भई आफ्नो प्रश्तुती दिन सकिनेछ । नोकरी तथा राजनीतिमा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहेकोछ । लाभदायक यात्राको प्रशस्त सम्भावन रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । गोप्य रहस्य पत्ता लगाउन सकिने हुनाले तपाईँको बौद्धिकताको उच्च कदर हुनेछ । उद्योग र व्यापारबाट विशेष फाइदा हुने समय रहेकोछ । प्रतिस्पर्धी तथा काममा अवरोध गर्नेहरु परास्त हुनेछन् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काम थालनी गरी राम्रो फाईदा उठाउन सकिने छ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागी समय उत्तम रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सरकारी पदमा बसेर सेवा प्रबाह गर्नेहरुले समयमा तपाईँको काम नगरिदिदा महत्वपूर्ण अवसरबाट बञ्चित हुने पर्नेछ । यात्रा हुने भएपनि बाटामा दुख तथा शास्ति खेप्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । मनमा एक किसिमको बेचैन आउने हुनाले काम गर्न मन लाग्ने छैन । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रुपैया पैसा तथा धन सम्पतिको राम्रोसँग व्याबस्थापन गर्नुहोला हराउने तथा चोरिने अधिक सम्भावना रहेकोछ । व्यावसायमा भनेजस्तो आम्दानी नहुँने हुँदा समस्याहरु टार्न अली गाह्रो भएको महशुष हुँनेछ । जीवनसाथिसँग असमज्दारी बढ्ने तथा बिश्वास गरेकाहरुबाटनै धोका हुनेछ । पढाई लेखाईमा राम्रो नतिजा ल्याउन बढिनै मेहनेतको खाचो रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । साझपख धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ भने नयाँ नयाँ आम्दानिका बाटाहरु फेला पर्नेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिस्पर्धिहरु आफै किनारा लाग्नेछन् । साझबाट समय मध्ययम रहेकोले सवारी साधन तथा भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दा मामिलामा विजयको योग रहेकोछ । रोकिएका काम केही समय दिएर फत्ते गर्न सकिने हुनाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । दैनिक उपभोग्य र औषधीजन्य सामानको व्यापारमा बृद्धि हुनाले आर्थिक रुपमा दैनिकी सहज हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्ने हुनाले दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा लगानी गर्नको लागी केही समय कुर्नु नै राम्रो रहेकोछ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । तरपनि बैक तथा बित्तिय क्षेत्र शेयर बजारमा गरिने लागानीबाट भने सन्तोषजनक नाँफा कमाउन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुन सक्छ ध्यान दिनुहोला । तरपनि सवारी साधन तथा घर जग्गाको खरिद बिक्रिबाट सन्तोषजनक आम्दानी हुनेछ । खोजीमुलक क्षेत्रमा अली बढि नै समय दिदा सकारात्मक नतिजा निकाल्न सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । साझपख समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा मनग्गे धनलाभ हुनेछ भने नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा साथीभाइले राम्रै सहयोग गर्ने हुनाले रचनात्मक काममा जुट्न सकिनेछ । लामो समयदेखि रोकिएका काम पुनः सुचारु गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । साझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो उत्तम रहेकोछ । दैनिक आम्दानीका मार्गहरु सामान्य बृद्धि हुनेछ । ठुला लगानी गरेर गरिने कामको लागि अहिलेको समय सकारात्मक देखिंदैन । सामाजिक काम बिग्रने हुँदा मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाट नगर्नु नै उचित हुनेछ समय मध्ययम रहेकोछ । साझपख धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) छोटो दुरिको यात्राको गतिलो सम्भावना रहेकोछ । सुझबुझ तथा लगनशिलताले समय फलदायि बनाउन सकिनेछ । सामाजिक संघ सस्था तथा परोपकारको क्षेत्रमा काम गरि नाम कमाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईँकै हातमा पर्नेछ । शुभ तथा मांगलिक कार्यमा समय व्यातित हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । कार्यक्षेत्रमा उन्नतीको समाचार सुन्न पाईनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्य सम्बन्धी समस्या देखापर्न सक्छ खानपानमा ध्यान दिनुहोला । समयमा काम नबन्ने तथा शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ । प्रेममा धोका हुन सक्छ । व्यापार व्यावसायमा लगानी बढाउने समय रहेको छैन । तरपनि बिदेशमा उत्पादन भएका सामानको व्यापार फस्टाएर जानेछ । भाषा अनुवादक तथा विदेशी सफ्टवेयर प्रयोग कर्ताको लागी समयले साथ दिनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया