नेपाल पक्षको स्थायी कमिटीकाे आकस्मिक बैठक बस्दै
२०७७ फागुन २८ गते

फाइल तस्बिर
काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्षले आफूलाई जानकारी नै नदिई महाधिवेशनको मिति तोक्ने तथा जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेपछि नेता माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ ।
ओली पक्षको निर्णयबारे छलफल गर्न नयाँ बानेश्वरको होटल अर्यालमा स्थायी समितिको बैठक बस्न लागेको नेता रघुजी पन्तले मकालु खबरलाई जानकारी दिए ।
बैठकले ओली पक्षको पछिल्लो निर्णयपछिको राजनीतिक अवस्था र आफ्नो रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।
यसअघि अध्यक्ष ओली पक्षका नेताको बैठकले अध्यक्ष र महासचिवबाहेका पदाधिकारीको पद खारेज गर्ने, २०७८ सालको मंसिर २–६ गतेसम्म पार्टीको महाधिवेशन गर्ने, पूर्वमाओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने माधव नेपाल पक्षका प्रदेश इञ्चार्जहरूलाई हटाएर आफू पक्षका नेतालाई जिम्मेवारी दिने लगायतका निर्णय गरेको थियो ।
२०७७ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित








