केन्द्रीय समितिको बैठकपूर्व ओली आन्तरिक छलफलमा
२०७७ फागुन २८ गते

|प्रधानमन्त्री केपी शर्मा ओली। तस्वीरः मकालु खबर|
काठमाडौं । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चैत १ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेका छन् । बैठकपूर्व प्रधानमन्त्री ओली आन्तरिक छलफलमा व्यस्त छन् ।
सर्वोच्च अदालतले नेकपालाई साविककै अवस्थामा पुर्याइदिएपछि पहिलो पटक बस्न लागेको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली आफू निकटका केन्द्रीय सदस्यहरुसँग छलफलमा जुटेका हुन् ।
अहिले ओलीलाई आफूनिकटका केन्द्रीय सदस्यहरुले चरणबद्ध रुपमा भेटिरहेका छन् । यसअघि एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पनि आफू निकटका केन्द्रीय सदस्यहरुसँग अनौपचारिक छलफल गरेका थिए ।
एमालेको २०५ सदस्यीय केन्द्रीय समितिमा १०५ जना ओली पक्षका छन् भने बाँकी नेपाल–खनाल पक्षमा छन् ।
२०७७ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित








