प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै जसपा शीर्ष नेताहरु

काठमाडौं । जनता समाजवादी पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न साँझ नेताहरु बालुवाटार जाने जसपा नेता केशव झाले जानकारी दिए ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय परिषद्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न लागेका हुन् । साथमा राजेन्द्र महतो र अशोक राई पनि बालुवाटार जानेछन् ।

यसअघि बिहीबार नै बसेको जसपा पदाधिकारीको बैठकले शुक्रबारको लागि संसदीय दलको बैठक बोलाएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई साविककै अवस्थामा फर्काइदिएपछि राष्ट्रिय राजनीतिमा नयाँ ‘सिनारियो’ बनेको छ । त्यसकै अहिले जसपा निर्णायक देखिन्छ । जसपलाई खासगरी पूर्वमाओवादी केन्द्र र पूर्वएमालेले सत्ता सहकार्यको लागि तान्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया