संसदमा अब नयाँ खेल शुरु हुन्छ : खनाल

काठमाडौं । एमाले वरिष्ठ नेता झलनाथ खनालले संसदमा नयाँ खेल शुरु हुने बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले यस्तो बताएका हुन् ।

यस्तै नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अझै दुई वर्ष निरन्तरता पाउने बताएका छन् । उनले ओली नेतृत्वको सरकार टिकाउन आफूहरू लाग्ने पनि बताए ।

प्रतिक्रिया