संसद बैठक नचल्दै सभाहलबाट बाहिरिए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको बैठक सुरु नहुँदै सभाहलबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री ओली सभाहलबाट बाहिरिँदा प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहेको थियो ।

संसद भवनबाहिर पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफू बिहिरिनुको कारण नखुलाई , ‘यति भए भैगो नि !’ भन्दै बाहिरिएका थिए ।

प्रतिक्रिया