भन्सालीलाई कोरोना सङ्क्रमण : रोकियो छायाङ्कन

एजेन्सी । बलिउडमा एकपछि अर्का चलचित्रकर्मीलाई कोरोना सङ्क्रमण भइरहेको छ । रणवीर कपुरलाई सङ्क्रमण देखिएकोमा अहिले सञ्जय लीला भन्साली समेत सङ्क्रमणको सिकार भएका हुन् । चलचित्र गंगुबाई काठियावाडीको छायाङ्कनको समयमा सङ्क्रमित भएका भन्साली अहिले सेल्फ आइसोलेसनमा रहेका छन् । निर्माता तथा निर्देशक नै सङ्क्रमित भएपछि चलचित्रको छायाङ्कन रोकिएको छ । छायाङ्कन मुम्बई फिल्म सिटीमा भइरहेको थियो । भन्सालीमा कोरोना पोजेटिभ पाइएपछि सबै कास्ट र क्रुको कोरोना परीक्षण गरिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार, सञ्जय लीला भन्साली कोभिड–१९ द्वारा ग्रसित भएका छन् र यति बेला उनी सेल्फ क्वारेनटिनमा छन् । आलिया भट्टले पनि आफूलाई क्वारेनटिनमा राखेकी छिन् । रणवीर कपुर पनि कोरोना पोजेटिभ पाइएका छन् । सञ्जयको सम्पर्कमा आएका सबैले कोरोना परीक्षण गरेका छन् ।

प्रतिक्रिया