एभर्टनविरुद्ध चेल्सीको जित

एजेन्सी । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ । सोमबार राति भएको खेलमा चेल्सीले एभर्टनलाई २-० गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम चेल्सीका लागि जोर्गिन्होले गोल गरे । एक गोल भने एभर्टनले आत्मघाति गोल गरेपछि चेल्सीले उपाहार स्वरुप पाएको थियो । खेलको ३१ औं मिनेटमा एभर्टनका बेन गोडफ्रेले आत्मघाति गोल गर्दा चेल्सीले १-० को अग्रता बनायो । पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकाल्यो ।

६५ औं मिनेटमा चेल्सीका जोर्गिन्होले गोल गर्दै टिमलाई २-० को जित दिलाए । प्रिमियर लिगमै भएको अर्को खेलमा वेष्ट हामले लिड्स युनाइटेडलाई २-० गोलले पराजित गरेको छ ।

चौथो स्थानमा रहेको चेल्सीको जितसँगै २८ खेलबाट ५० अंक भएको छ । पराजित एभर्टन भने २७ खेलबाट ४६ अंकसहित लिगको छैटौं स्थानमा छ । वेष्ट हाम लिगको पाँचौं स्थानमा उक्लिएको छ। वेष्ट हामले २७ खेलबाट ४८ अंक बनाएको छ ।

लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ खेलबाट ६५ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ खेलबाट ५४ अंक हुँदा चौथो स्थानको लेस्टर सिटीको समान खेलबाट ५३ अंक छ ।

प्रतिक्रिया