शान्तिपूर्ण राजनीतिमा आएकोमा विप्लवलाई नायिका रेखा थापाको शुभकामना

काठमाडौं । नायिका रेखा थापाले शान्तिपूर्ण राजनीतिमा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बधाई तथा शुभकामना दिएकी छन् ।

आइतबार महासचिव विप्लवसँगको भेटमा नायिका थापाले जनताको अगुवाई गर्ने क्रममा शान्तिपूर्ण राजनीतिमा आउनु स्वागतयोग्य विषय भएको भन्दै शुभकामना दिएकी हुन् ।

‘जनताको अगुवाई गर्नका लागि शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्नु राम्रो कुरा हो‚’ नायिका थापाले मकालु खवरसँग भनिन्‚ ‘उहाँको यो कदमको हामी सबैले स्वागत गर्नुपर्छ ।’

रेखाले विप्लव नेतृत्वकाे नेकपालाई राजनीतिक प्रतिबन्ध लगाउने सरकारकाे निर्णयकाे त्यहिबेला बिराेध जनाएकी थिइन् ।

लामो समयको भूमिगत जीवनपछि नेकपाका महासचिव विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँगै गत शुक्रबार राष्ट्रिय सभागृहबाट सार्वजनिक भएका थिए ।

प्रतिक्रिया