सर्वोच्चको फैसला मान्छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् । पुनःस्थापित संसदको सातौं अधिवेशनमा आइतबार अपराह्न पौने ५ बजे संसद भवन छिरेका प्रधानमन्त्री ओली भर्खरै बाहिरिएका हुन् ।

यस्तै फर्किँदै गर्दा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला मान्ने बताएका छन् । ‘हामी सर्वोच्चको फैसला मान्छौँ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘र सबैले मान्नुपर्छ ।’

आज सर्वोच्चले ऋषि कट्टेलको पक्षमा फैसला गरेको छ । योसँगै एकीकृत नेकपा खारेज भएको छ भने पूर्वमाओवादी केन्द्र र एमाले ब्यूँतिएका छन् ।

प्रतिक्रिया