आईपिएलको खेल तालिका सार्वजनिक, कसकाे खेल कहिले (तालिकासहित)

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२१ को नयाँ संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइतबार, अप्रिल ९ देखि मे ३० सम्म हुने खेल तालिका सार्वजनिक गरेको हो ।

यसपटकको आइपिएल भारतका बैंग्लोर, मुम्बई, चेन्नई, दिल्ली, कोलकत्ता र अहमेदाबाद गरि ६ शहरमामा मात्र हुने छ ।

तालिका अनुसार अप्रिल मा ९ हुने उद्घाटन खेलमा साविक बिजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्नेछ ।

अहमेदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी क्रिकेट मैदानमा आइपिएलका प्ले अफ र फाइनल खेल हुनेछन् ।

प्रतियोगिता बन्द रंगशालाभित्र हुने बिसिसिआईले जनाएको छ । कोभिडका कारण प्रतियोगिताको गत संस्करणका खेल यूएईमा भएका थिए ।

प्रतिक्रिया