प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन् ।

प्रधानमन्त्रीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान सुरु भएको छ । ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुरु भएको छ । यस अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइने छ ।

यसअघि गृहमन्त्री राम बहादुर थापाले पनि आजै सशस्त्र प्रहरी अस्पतालमा कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया