सिन्धुपाल्चोकको पानी सुन्दरीजलमा [फोटो फिचर]

काठमाडौं । आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ ।

पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो ।

आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ । आयोजनाले परीक्षणका लागि फागुन १० गते सुरूङमा पानी छाडेको थियो ।

सुरूङ हुँदै आएको मेलम्चीको पानी सुन्दरीजलमै प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ । विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची आमनागरिकको लामो सपना भएको बताएका छन् ।

तस्वीरहरुः–

|तस्वीरः मकालु खबर|

प्रतिक्रिया