संसदीय दलको नेतामा ‘प्रचण्ड’ सर्वसम्मत

काठमाडौं । विपक्षी नेकपाको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको बैठकले अध्यक्ष दाहाललाई संसदीय दलको नेतामा चयन गरेको हो । यसअघि गत ८ पुसमा अर्का अध्यक्ष माधवकुमार नेपालको प्रस्तावमा अध्यक्ष दाहाललाई दलको नेतामा चयन गरेको थियो ।

प्रतिक्रिया