नयाँ जनादेशबाटै कांग्रेसले नेतृत्व लिनुपर्छ: गगन थापा

महोत्तरी । नेपाली कांग्रेसका नेता गगन थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन् ।

महोत्तरीको बर्दिवासमा बिहीबार कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुने नै आफ्नो दलको कार्यदिशा हुनपर्ने बताए ।

नेकपाभित्रको किचलोमा खेलेर सरकारमा जान सट्टा प्रतिनिधिसभाको अब हुने चुनावबाटै मुलुकको नेतृत्व कांग्रेसले गर्न पर्ने थापाले बताए ।

सभामा कांग्रेस नेतृ डिला सङ्ग्रौलाले नेकपाले जनादेशको अपमान गरेको र सत्ताको लुछाचुडीमा लागेर संसद् विघटनसम्म गरेको प्रसङ्ग राख्दै सर्वोच्चको फैसलाले बल्ल संविधान सही बाटोमा आएको उल्लेख गरिन् ।

प्रतिक्रिया