यी भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । अहिले देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज देशभरको मौसम सामान्यतया सफा रहने छ ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

फाल्गुन २१ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा वर्षा/ हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा वर्षा/ हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन २२ गते (शनिबार)
दिउँसो : प्रदेश १ को पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ तथा बाग्मती प्रदेशको पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।

राती : सुदुर पश्चिम प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ तथा बाग्मती प्रदेशको को पहाडी/हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन २३ गते (आईतबार)
दिउँसो : पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बांकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।

राती : प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा साथै बांकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बांकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।

प्रतिक्रिया