‘प्रधानमन्त्री पदले ढोका ढक्ढकाइरहेको आफूले झ्यालबाट हेरिरहेको’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको अहिलेको अवस्था प्रधानमन्त्री पदले ढोका ढकढकाइरहेको तर, आफूले झ्यालबाट हेरिरहेकोजस्तो भएको बताएका छन् ।

बिहीबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले भने, ‘अपेक्षाकासाथ दुबै समूह (नेकपा, ओली समूह र दाहाल–नेपाल समूह) ले सबैले चासोकासाथ हेरिरहनुभएको छ । प्रधानमन्त्री पदले ढोका ढकढकाइरहेको छ । तर, प्रधानमन्त्री पदलाई ग्रहण गरिसकेको अवस्था छैन । हामी संयमतापूर्वक झ्यालबाट हेरिरहेका छौँ ।’

सरकार र प्रतिबन्धित विप्लव समूहसँग भएको सम्झौताको स्वागत कांग्रेसले गरेको बताउँदै विप्लव समूहले पनि संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने शर्माले बताए ।

प्रतिक्रिया