स्किल वीक २१ मार्चदेखि २९ मार्चसम्म सञ्चालन हुने

काठमाडाैं । ‘स्किल वीक-२०२१’ २१ मार्चदेखि २९ मार्चसम्म सञ्चालन हुने भएकाे छ । शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत ग्लोकल आफ्टर स्कुल नामक व्यवसायिक संस्थाले आयोजना गर्न लागेको ‘स्किल वीक-२०२१’ कार्यक्रममा विभिन्न संघसंस्थाद्वारा अनलाइन तथा अफलाइन तालिम एवम कार्यशाला प्रदान गरिने छ । 

एक सातासम्म सञ्चालन हुने कार्यक्रममा सिपमुलक प्रस्तुती, केस अध्ययन, प्रतिस्पर्धा, कार्यशाला, इन्टर्नशिप, रोजगार मेला लगायतका विषयमा जानकारी प्राप्त गर्न सकिने छ । २७ मार्चमा इन्टर्नशिप र मिनी रोजगार मेला सोल्टी क्राउन प्लाजाको परिसरमा आयोजना गरी केस स्टडी प्रेजेन्टेसनका साथसाथै आयोजना गरिने जानकारी दिइएकाे छ ।

२९ मार्चकाे समापन समारोहलाई लक्षित गरेर सि इ ओ अनप्लग्ड २०२१ नामक भव्य कार्यक्रम सञ्चालन गरिने छ । सि इ ओ अनप्लग्ड ग्लोकलको वार्षिक रुपमा सञ्चालन गर्ने कार्यक्रम हो, जसमा व्यापारका चुनौती, अवसर एवम् प्रयोगात्मक शिक्षाको महत्व तथा नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्गदिशा प्रदान गरिन्छ । सोही दिन सिप क्षेत्रमा योगदान दिएका ४ जना  व्यक्तित्वहरूलाई सिप पुरस्कार मार्फत् सम्मानित गरिनेछ ।

स्किल वीक एक हप्ते कार्यक्रम हो जसमा सिपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने गरिन्छ । १८ देखि ३० वर्ष उमेर समूहकाले कार्यक्रममा निःशुल्क रुपमा सहभागीता जनाउन सक्नेछन् ।

प्रतिक्रिया