मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर । मोरङ सुन्दरहरैँचामा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ ।

सुन्दर हरैँचा नगरपालिका –३ मा प्रदेश १–०२–०४२प६३९२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा २० बर्षीय अजित चौधरीको ज्यान गएको हो ।

मोटरसाईकल पछाडी सवार अजित घाईते भएका थिए । घाइते अजितको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया