कांग्रेस प्रतिपक्षमै बस्न उचित हुन्छ : पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले कांग्रेस प्रतिपक्षमै बस्न उचित हुने बताएका छन् ।

जनताले ५ वर्षको म्याण्डेट दिएको उल्लेख गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । ‘नेपाली कांग्रेसलाई जनताले ५ वर्ष प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको हो,’ नेता पौडेलल आफ्नो आधिकारिक फेसबूकमार्फत् भनेका छन्, ‘त्यसैले यस समयमा कांग्रेसले प्रतिपक्षमा बस्नु उचित हुन्छ ।’

यस्तै नेता पौडेलले कांग्रेस सानो भएपनि भूमिका ठूलो रहेको बताएका छन् । सभापति शेरबहादुर देउवाले कुनै पनि पद आफूले नखोज्ने र खोज्दै आए नछाड्ने बताएसँगै नेता पौडेलले यस्तो बताएका हुन् ।

अहिले खासगरी विपक्षी नेकपाले सरकार गठनको गृहकार्य अगाडि बढाइरहेको छ । जसमा सभापति देउवालाई पनि सत्ता सहकार्यको लागि प्रस्ताव गरिएको छ ।

https://www.facebook.com/RCPaudelNepal/posts/4095768223787911

प्रतिक्रिया