पूर्वमन्त्री बाँस्कोटाका पिताको निधन

काभ्रेपलाञ्चोक । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटालाई पितृशोक परेको छ ।

बाँस्कोटाको पिता ९४ वर्षीय हरिप्रसाद बाँस्कोटाको मंगलबार काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका-४ चैनपुरस्थित निवासमा निधन भएको हो ।

उनी लामो समयदेखि मुत्रनली सम्बन्धी रोगबाट पीडित थिए । बास्कोटाका चार छोरा र तीन छोरी छन् । पूर्वमन्त्री बाँस्कोटा चार दाजुभाइमध्ये कान्छो हुन् ।

प्रतिक्रिया